बुटवल। नेकपा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा डा.रामप्रसाद बस्याल र उपप्रमुख (उपप्रमुख) मा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेले मेयर, उपमेयर सहित १२ वार्डमा उम्मेदवारी दर्ता गराएको हो ।
डा. बस्याल एमाले सिद्धार्थनगरका पूर्व सह–सचिव हुन् । अधिकारी एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज हुन् ।
एमालेले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।
यी हुन् वडाध्यक्षका उम्मेदवारहरु
१, नर्जुन गुरुङ
२, दीपक कुमार थापा
३, थानेश्वर पौडेल
४, मिलन बस्नेत
५, चेत बहादुर बस्नेत
६, राम दयाल गुप्ता
७, हरि काफ्ले
८, उमेश थापा मगर
९, शेषकान्त भण्डारी
१०, सुर्जमन यादव
११, दिलिप कुमार यादव
१२, कुमार गुरुङ
१३, सतिश प्रसाद मर्सानी



















प्रतिक्रिया