२९ मंसिर २०८२, सोमबार | December 15, 2025

क्रिमसन अस्पतालका अध्यक्ष भन्छन्, – कोरोना संक्रमितको अवस्था स्थिर, मृत्युको खबर हल्ला मात्र



बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ वर्षीय कोरोना संक्रमितको अवस्थाबारे क्रिमसन अस्पतालबाट दुई थरी खबर बाहिरिएपछि जनमानसमा तनाब र भ्रम उत्पन्न भएको छ ।

अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको प्रतिक्रिया दिनुभएको छ । भेन्टिलेटरमा राखिएका बिरामीको अवस्था अहिलेसम्म स्थिर रहेको पाण्डेले खबरकुरालाई बताउनुभयो ।

तर कतिपय संचारमाध्यमले भने अस्पतालकै संचालक दुर्गा पाण्डेको भनाइलाई उदृध गर्दै मृतकको बिहानै मृत्य भएको समाचार प्रकाशित गरिसकेका छन् ।

अस्पतालले सही सूचना नदिँदा आम जनमानसमा भ्रम उत्पन्न भएको छ । यसबारे यथाशिघ्र प्रदेश सरकारले जवाफ दिन जरुरी देखिएको छ । मृत्यु नै नभैकन बाहिर आएको समाचार भ्रामक र गलत भएको अस्पतालका अध्यक्ष पाण्डेले बताउनुभयो ।

शिक्षण पेशामा आवद्ध ती पुरुष बिरामी भएपछि सुरुमा आफ्नो गाउँ नजिकैको अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गराएका थिए । त्यसपछि मोटरसाइकलमा मणिग्राममा रहेको क्रिमशन अस्पतालमा पुगेका थिए ।

कोरोना लागेको पुष्टि भएसँगै क्रिमसन अस्पतालले कोरोना विशेष अस्पतालमा सार्न आग्रह गरेको थियो । तर, उनको जटिल अवस्था र कोरोना विशेष अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनलाई क्रिमसनकै आईसीयूमा राखिएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ११ : ३१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले