२ पुस २०८२, बुधबार | December 18, 2025

प्रदेश ५ कोरोना संक्रमणको इपिसेन्टर बन्दै, कपिलवस्तु र रुपन्देहीमा १३ जना थपिए



काठमाडौं । कपिलवस्तु र रुपन्देहीमा फेरि १३ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार रुपन्देहीमा एक जना र कपिलवस्तुमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टी भएको स्रोतले बताएको छ ।

कपिलवस्तुमा ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेका छन् ।

भारतबाट बेलहिया नाका हुँदै नेपाल आएर प्रदेश सरकारले क्वारेन्टाइनमा राखेका व्यक्तिलाई कोरोना संक्रमण देखिएको बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयले थप संक्रमितको औपचारिक पुष्टि गर्न भने बाँकी नै रहेको छ ।

हालसम्म प्रदेश नं. ५ मा कोरोना संक्रमितको संख्या १८७ पुगेको छ । खुला सिमाना र कमजोर क्वारेन्टाइन व्यवस्थापनकै कारण प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ । यसमध्ये २ जनाको मृत्यु भएको छ, ३७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १२ : २० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल