२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश ५ कोरोना संक्रमणको इपिसेन्टर बन्दै, कपिलवस्तु र रुपन्देहीमा १३ जना थपिए



काठमाडौं । कपिलवस्तु र रुपन्देहीमा फेरि १३ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार रुपन्देहीमा एक जना र कपिलवस्तुमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टी भएको स्रोतले बताएको छ ।

कपिलवस्तुमा ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेका छन् ।

भारतबाट बेलहिया नाका हुँदै नेपाल आएर प्रदेश सरकारले क्वारेन्टाइनमा राखेका व्यक्तिलाई कोरोना संक्रमण देखिएको बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयले थप संक्रमितको औपचारिक पुष्टि गर्न भने बाँकी नै रहेको छ ।

हालसम्म प्रदेश नं. ५ मा कोरोना संक्रमितको संख्या १८७ पुगेको छ । खुला सिमाना र कमजोर क्वारेन्टाइन व्यवस्थापनकै कारण प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ । यसमध्ये २ जनाको मृत्यु भएको छ, ३७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १२ : २० बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७