१६ बैशाख २०८१, आइतबार | April 28, 2024

उपचाररत खेलाडीलाई आर्थिक सहयोग



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई पाँच लाख ५६ हजार आठ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

भलिबलकी रिया कुँवरले ६३ हजार नौ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार नौ सय १४, कराँतेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीले ८० हजार प्राप्त गरे । केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँधको समस्या छ ।

कोषका अध्यष समेत रहेका राखेपका सदस्य(सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको थियो ।

सदस्य–सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए ।

‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ ।’ सदस्य(सचिव घिसिङले भने, ‘कोषको आयतन बढाउन आवश्यक छ । यो कार्यमा म लागिरहेको छु । तपाईहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्छु ।’

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : ०९ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको