२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादी सांसदको ९ गते दिएको राजीनामा ३ दिनपछि स्विकृत



बुटवल । नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले राजीनामा दिएको ३ दिन पछि स्विकृत गरेको छ ।

उनी बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन् ।

यही ९ वैशाखमा थारूले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएका थिए । थारुले दिएको राजीनामा ३ दिन पछि मात्र प्रदेशसभा सचिवालयले स्विकृत गर्दै पद रिक्त भएको सूचना जारी गरेको छ ।

प्रदेशसभा सचिवालयले सोमबारको मितिमा जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८० (क) बमोजिम थारुले जितेको उक्त निर्वाचन क्षेत्र रिक्त भएको जनाएको छ ।

प्रदेशसभाद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ४५ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै