११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ ।

प्रदेश १ का पहाडी भू-भागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ । महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ५९ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका