२६ पुस २०८२, शनिबार | January 10, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान



बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट बिहीबार दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २६० जनाको टोली आउनेछ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारे जानकारी लिनेछ ।

परीक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । ुपरीक्षण उडान भइसकेपछि अव अन्य मुलुकहरुले चार्टड उडान गर्न सक्नेछन् भने व्यावसायिक उडानका लागि पनि पत्र पठाउन सक्नेछन्,ु दाहालले भने ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ०२ बजे

आन्दोलनको नाममा द ब्रिटिश कलेजसँग विद्यार्थीले २ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलासा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा द्द जना विद्यार्थीले

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ । स्याङ्जाको भीरकोट-७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौं । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौं । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु