२२ भदौ २०८३, सोमबार | September 7, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलायन्सको ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ अवतरण



भैरहवा। भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलमा पहिलो पटक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालको दोश्रो नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेको हो।

‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ का लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । सो जहाज साझ पौने ६ बजे मात्रै बिमानस्थलमा अवतरण गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजैदेखि तराई क्षेत्रका अन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन्भने गौतमबुद्ध विमानस्थल आगामी जेठ २ गते बुद्ध पुर्णिमाका दिनदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : २० बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको