२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना घाइते



सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटनामा तीनपाटन गाउँपालिका-९ आम्बोटेका रामजी भण्डारी, कमलामाई नगरपालिका-७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सातजना घाइते भएका छन् । उनीहरुमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले बताए ।

सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको उनले बताए। दुर्घटनास्थलबाट गाडी निकाल्न सकिएको छैन ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बोलेरो दुर्घटना भएको हो। उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले