२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न



बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा “व्यवसायीक अनुसन्धान तथा नमुना निर्माणका मिश्रित विधिहरु” विषयक एक दिवसीय कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभागको संयोजनमा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुबकुमार गौतम श्रोत व्यक्तिको रूपमा रहेका थिए ।

लुम्बिनी वाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभाग प्रमुख सहप्राध्यापक राजेन्द्र लम्सालको अध्यक्षता, आइ.क्यू.ए.सी. संयोजक पुनाराम घिमिरेको संचालन रहेको गोष्ठीको उद्घाटन सत्रमा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले गोष्ठीको उद्देश्य र औचित्यतामाथि प्रष्ट पारेका थिए भने सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत ३२ जना प्राध्यापकहरुको सहभागिता रहेको गोष्ठीमा श्रोत व्यक्ति प्रा.डा. गौतमले अनुसन्धानका विधि प्रक्रिया र वर्तमान विश्वमा अनुसन्धान पद्धतिमा थपिएका नयाँ आयामहरुको बारेमा सामाग्रीहरु प्रस्तुत गरेका थिए साथै उनले वर्तमान समयमा अनुसन्धानले नै कुनै पनि शैक्षिक संस्थाको गुणस्तरमा वृद्धि गर्ने भएकाले प्राध्यापकहरु अनिवार्य रूपमा अनुसन्धानमूखी भएर पठनपाठनमा लाग्नुपर्ने विचार पनि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ५७ बजे

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे