१९ बैशाख २०८३, शनिबार | May 2, 2026

राष्ट्रिय जनमोर्चाले स्थानीयतह चुनाव लडेर संघीय सरकार खारेज गर्ने



बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले संघीयता खारेजीकालागि जनमोर्चा स्थानीयतह निर्वाचनमा सहभागी भएको जनाएको छ । जनमोर्चाले आज आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संघीयताको खारेजी र भ्रष्टाचारको अन्त्यका लागि जनमोर्चाले चुनावमा भाग लिएको जनाएको हो ।

प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले राष्ट्रिय जनमोर्चा केन्द्रीय गठबन्धन प्रति बफादार भएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन लाग्ने बताए । उनले ठुला भनिएका दलले राजमोलाई बेवास्ता गरेको बताउँदै बेवास्ताका बाबजुद प्रतिगमनका विरुद्ध गठबन्धनकै पक्षमा उभिएको स्पष्ट पारे । उनले प्रतिगमनको खतरा कायम रहेको बताउँदै ठुला दल गठबन्धन प्रति इमान्दार नबनेका कारण गठबन्धन बलियो बन्न सक्ने औंल्याए ।

आलमले गठबन्धन प्रति इमान्दार रहने प्रतिबद्धता व्यक्त गरेपनि रुपन्देहीमा नै राजमोले गठबन्धन बाहिरबाट छुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा भाग लिएको छ ।

आलमले महंगी नियन्त्रण देखि लिएर उद्योगधन्दा स्थापना गर्ने सम्मका प्रतिबद्धताहरु समावेश गरिएका प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । प्रतिबद्धतापत्रमा निशुल्क स्वास्थ्य, शिक्षा , प्रदेश सरकारको खारेजी, जेष्ठनागरिकको रेखदेख, ग्रामिण विकास मन्त्रालयको स्थापना गर्ने नाराहरु समावेश गरेको छ ।

राष्ट्रिय जनमोर्चाले रुपन्देहीको १६ पालिका मध्य ५ वटा पालिकामा प्रमुख १ पालिकामा उपप्रमुख सहित विभिन्न पदमा ७४ बढी उम्मेदवारी दिएको छ । बुटवल उपमहानगरमा भने वडास्तरको उम्मेदवारी कायम राख्दै गठबन्धनलाई सघाउने भन्दै प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २१ बजे

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन