६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा सडक बन्द



कोहलपुर । बाँकेको कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा स्थानीयबासीले सडक बन्द गरेका छन् ।

कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बुधबार नगरका तीन वटा विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्षेत्रका स्थानीयहरुले सडक बन्द गरेका हुन् । बुधबार साँझदेखि त्यहाँका स्थानीयहरुले क्याम्पस जाने सबैतिरका सडकमा बार लगाएर सडक अवरुद्ध गरेका हुन् ।

उनीहरुले सरकारले घोषणा गरेको लकडाउनलाई उल्लघंन गर्दै सडक बन्दसहित प्रर्दशन गरिरहेका छन् । कार्यपालिकाको बैठकले वडा नम्बर ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस, वडा नम्बर १२ मा रहेको ज्ञानज्योती मावि र वडा नम्बर २ मा रहेको लक्ष्मी मावि बर्दहवामा क्वारेन्टिन बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस र लक्ष्मी मावि आसपासका केही स्थानीयहरु विरोधमा उत्रिएका छन् । भारतबाट आउन लागेका नगरबासीलाई मध्यनजर गरेर क्वारेन्टिन निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको हो ।

उनीहरुले क्वारेन्टिनमा बिरामी राखे कोरोना संक्रमण फैलिने भन्दै नबुझेर विरोध जनाइराखेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ११ : २५ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार