११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा सडक बन्द



कोहलपुर । बाँकेको कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा स्थानीयबासीले सडक बन्द गरेका छन् ।

कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बुधबार नगरका तीन वटा विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्षेत्रका स्थानीयहरुले सडक बन्द गरेका हुन् । बुधबार साँझदेखि त्यहाँका स्थानीयहरुले क्याम्पस जाने सबैतिरका सडकमा बार लगाएर सडक अवरुद्ध गरेका हुन् ।

उनीहरुले सरकारले घोषणा गरेको लकडाउनलाई उल्लघंन गर्दै सडक बन्दसहित प्रर्दशन गरिरहेका छन् । कार्यपालिकाको बैठकले वडा नम्बर ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस, वडा नम्बर १२ मा रहेको ज्ञानज्योती मावि र वडा नम्बर २ मा रहेको लक्ष्मी मावि बर्दहवामा क्वारेन्टिन बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस र लक्ष्मी मावि आसपासका केही स्थानीयहरु विरोधमा उत्रिएका छन् । भारतबाट आउन लागेका नगरबासीलाई मध्यनजर गरेर क्वारेन्टिन निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको हो ।

उनीहरुले क्वारेन्टिनमा बिरामी राखे कोरोना संक्रमण फैलिने भन्दै नबुझेर विरोध जनाइराखेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ११ : २५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि