११ पुस २०८२, शुक्रबार | December 26, 2025

तिलोत्तमा-९ का वडाअध्यक्ष आचारसंहिताविपरित चुनाव प्रचारमा



बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।

तर तिलोत्तमा नगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् । तिलोत्तमामा काँग्रेसबाट रामकृष्ण खाण मेयरको उम्मेदवार छन् ।

पार्टीका उम्मेदवारलाई जिताउन उनी विभिन्न वडामा सक्रिय हुँदै आएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जननिर्वाचित वडाअध्यक्ष कुनै दल वा उम्मेद्वारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरित हुने बताए । “वडाअध्यक्ष कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइंदैन, त्यो आचारसंहिता विपरित हुन्छ”-उनले भने । भण्डारीले आचारसंहिता उल्लंघनको उजुरी आए कारवाही गर्ने बताए ।

वडाअध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताए । “वडाअध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु ”– उनले भने ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ०९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र