१९ बैशाख २०८१, बुधबार | May 2, 2024

२५ गते बुटवलमा एमालेको चुनावी सभा हुने, केपी ओली र विष्णु पौडेलले सम्वोधन गर्ने



लबुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी जेष्ठ २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए ।

रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन् । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

देवीनगर स्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

एमालेले चुनावी सभाको तयारी शुरु गरिसकेको छ । सवै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम शुरु गरिसकेको बताएका छन् । चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

चुनाबी सभालाई ऐतिहासिक बनाउन विभिन्न समितिहरु गठन भएका छन् । बुटवलका टोलटोलबाट बाजागाजा र झांकी सहित जनताहरु सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ५१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी