२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सहमति, सहकार्य र एकता आजको आवश्यकता : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनले आज राजधानीको शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एकताको बलमा पञ्चायत र राजा फाल्यौं र संविधान बनायौं ।’

एकताको अनुभव हालै सम्पन्न राष्ट्रियसभा र बारको निर्वाचनमा गरेको समेत उनले बताए ।

उनले अहिले देशमा दुई वटा गठबन्धन रहेको बताए । नेकपा एमालेको नेतृत्वमा संविधान विरोध गठबन्धन र पाँच दलीय प्रगतिशितल गठबन्धन रहेको उनले जनाए । कुन गठबन्धन सही र गलत भन्ने स्थानीय निर्वाचनले निक्र्योल गर्ने उनले बताए ।

प्रचण्डले केपी ओलीलाई ठुलो संघर्षका रुपमा नायकका रुपमा लगेको भएपनि एकता गरेको दुई हप्ता नपुग्दै धोका जालझेल, षडयन्त्र र धोकाबाहेक केही नदेखिएको बताए ।

प्रचण्डले आफु अलि बढी नै सोझो, धेरै लचिलो र त्यागी रहेको भन्दै आफुलाई गहिरो गरी हेर्न सुझाव दिए । उनले मतदाताहरूलाई गठबन्धनका उम्मेदवारका चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै हँसिया हथौडा, रुख र कलमलाई सहज रुपमा लिन आग्रह गरे ।

हँसिया हथौडा र चारतारे झण्डा सँगै नफहराएको भए संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नहुने भन्दै अब पनि रुख वालाले हँसिया हथौडा र हँसिया हथौडा वालाले रुखमा छाप हान्नै पर्ने बताए । उनले यो नै लोकतन्त्र, प्रगतिको हितमा हुने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ०० बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन