२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा गरिरहेका छन् : प्रधानमन्त्री देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताए ।

‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भने ।

काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे । ‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।

सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे । ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ स्,’ उनले प्रश्न गरे ।

आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।

काठमाडौंमा सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : १४ बजे

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय