१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप



काठमाडौं । बाजुरामा नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुईजना गम्भीर भाइते भएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका(९ पाण्डुसैनको अगाउपानीमा उनीहरूबीच शुक्रबार दिनभर झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा १० प्रहरीसहित र तीन जना कांग्रेस कार्यकर्ता पनि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हावाई फायर गरेको थियो ।

झडपको अवस्था नियन्त्रणमा आउन नसकेपछि सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतिर गएको प्रहरीले जनाएको छ । अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ०१ बजे

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको