२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आजको मौसम : ‘असानी’ चक्रवातकाे असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षाकाे संभावना



काठमाडाैं । आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ ।

जसकारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएकाे छ ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सूदुरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १९ बजे

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु