१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आजको मौसम : ‘असानी’ चक्रवातकाे असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षाकाे संभावना



काठमाडाैं । आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ ।

जसकारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएकाे छ ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सूदुरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १९ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको