८ पुस २०८२, मंगलबार | December 23, 2025

एमालेका बिरुद्ध झुठो प्रचार नगर्न गृहमन्त्री खाँडलाई घनश्याम भुसालको चेतावनी



भैरहवा । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले जनतासंग झुठो कुरो नबोल्न गृहमन्त्री बालकृष्ण खाडलाई चेतावनी दिएका छन् । नेकपा एमालेले गरेका काम एक पटक हेर्न आग्रह गर्दै पूर्व मन्त्री घनश्याम भुसालले एमालेले गरेका सडक विकासलाई फिता लिएर नाप्न समेत आग्रह गरे ।

नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै भुसालले कांग्रेसको आम सभामा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले एमालेका बिरुद्ध कु प्रचार गरेको बताए ।

‘जनताका बिचमा सिद्धार्थनगरमा हामि हिसाब गर्न आएका हौं । हामीले के के गर्यौ भन्न आएका हौँ हिँजो कांग्रेसले भाषण गर्दा एमालले नपाली नागरिकता दिएन भनेर भ्रम फैलाएको छ । नागरिकता बिधेयक लिएर नागरिकता नपाएकालाई नागरिकता दिन खोज्ने पार्टी एमाले उल्टै एमाले माथि आरोप लगाउने ?’ भुसालले भने, ‘जनताका अंगाडी सहि बोल्न सक्नुहुन्न भने नबोल्नुहोस ।’

उनले नेकपा एमालेले सिद्धार्थनगरमा ५ वर्ष पहिलेको तुलनामा धेरै विकास गरेको बताए । विकास निर्माणका कामहरु बारे भुसालले भने, ‘हामीले बनाएका नयां सडक फिता लिएर नाप्नोस ।’ सिद्धार्थनगरमा ३० किलोमीटर नयां सडक खोलेको दाबी गर्दै उनले एमालेले गरेका कामलाई जनताका बिचमा भ्रम नफैलाउन आग्रह गरे ।

जनतासंग ब्रमास्त्र आज जनतासंग भएको बताउँदै एमाले नेता भुसालले सहि समयमा सहि ठाउँमा मतदान गर्न आग्रह गरे । ‘सार्बभौमसत्ता जनताले सहि निर्णय गर्ने बेला यहि हो । ५ बर्सको निर्णय गर्ने समय आएको छ ।’ भुसालले भने, ‘लोकतन्त्रमा हामीले सहि समयमा सहि निर्णय गर्न सकेनौं भने गलत हुन्छ । बिश्वमा गृह युद्द हुन्छ । १ सय दिनमा १० लाख मानिस मरेका छन् । जनताले ठिक निर्णय गर्ने बेला यहि हो ।’

सभामा बोल्दै नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकाका मेयर पदका उम्मेदवार डा. राम प्रसाद बस्यालले रचनात्मक कामको बिकासका लागी नेकपा एमालेलाइ मत दिन आग्रह गरे । ‘मतदान सु पात्रलाई दिनुपर्छ । कसले काम गर्छ त्यसलाई मत दिनुहोस ।’ उनले भने ।

नेकपा एमालेबाट उप मेयरकी उम्मेदवार उमा अधिकारीले निरन्तर राजनीति गरेर आएको महिला भएका कारण आफूलाई मत दिन आग्रह गरिन् । ‘राजनीति कसैले श्रीमती , बुहारी, दिदि भएर मत दिने होइन ।’ अधिकारीले भनिन् -‘महिला हिंसाका कुरा उठाउंदा एमालेले धेरै कुरा उठाएको छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ३८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको