३ पुस २०८२, बिहिबार | December 18, 2025

चीनले यस वर्षको वार्षिक आर्थिक वृद्धिदर नतोक्ने, रक्षा बजेट ६.६ प्रतिशतले वृद्धि



चीनले सन् १९९० पछि पहिलो पटक आफ्नो वार्षिक आर्थिक वृद्धिदर घोषणा स्थगित गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण ३० वर्षयता पहिलोपटक चीन आर्थिक वृद्धिदर तोक्न नसक्ने अवस्थामा पुगेको हो ।

चीनको राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपुलमा जारी चिनिया नेशनल पिपुल्स कंग्रेसको बैठकमा प्रधानमन्त्री लि खक्याङले आर्थिक वृद्धिदर नतोकिने घोषणा गरेका हुन् ।

‘यो किनभने कोरोनाभाइरस महामारी र विश्व अर्थतन्त्र र व्यापारको वातावरणले ठूलै अनिश्चितता हुने हुँदा हाम्रो देशले केही त्यस्ता कुराहरुको सामना गर्नेछ, जसले विकासबारे भविष्यवाणी गर्न कठिन छ’, प्रधानमन्त्री लीले संसदलाई सम्बोधन गर्दै भनेका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको सन् २०२० को पहिलो त्रैमासिक गतवर्षको तुलतामा ६.८ प्रतिशतले संकुचित भएको छ ।
महामारीपछि लगाइएको लकडाउनले व्यवसाय चौपट पारिरहँदा चीनले यस्तो निर्णय गरेको हो।

चिनियाँ नेतृत्वले आर्थिक सहायताका कदमहरु चाल्ने प्रतिबद्धता जनाउँदै आएको छ।

तर, चीनले सन् २०२० मा सैन्य बजेटमा भने ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो ।

संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ ।

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ । गत वर्ष चीनको सैन्य बजेटमा ७।५ प्रतिशत वृद्धि गरिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : ३७ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा