२९ बैशाख २०८१, शनिबार | May 11, 2024

देउवा र मोदीबीच लुम्बिनीमा द्विपक्षीय वार्ता हुने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् ।
बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् ।

मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।

लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधामन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री डा। नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरुमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधामन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ३ : ३४ बजे

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूहरुको व्यवसायमा

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय