१८ श्रावण २०८३, सोमबार | August 3, 2026

झापामा धमाधम मतदान, २३ प्रतिशत मत खस्यो



झापा । झापामा उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका २८६ मतदानस्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिहान १० बजेसम्म एक लाख ४२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो कुल मतदाताको २३ प्रतिशत हो । झापामा आज ६८४ पदको लागि निर्वाचन भइरहेको छ ।

झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो ।

नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ । बिहानैबाट मतदानस्थलमा मतदाताको भिड लागेको छ ।

मतदानस्थलमा मतदाताको उत्साहजनको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको झापामा ८२ प्रतिशत मत खस्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : १३ बजे

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा

सिन्धुलीमा बसको ठक्करपछि सुनकोशीमा कार वेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा