४ पुस २०८२, शुक्रबार | December 20, 2025

झापामा धमाधम मतदान, २३ प्रतिशत मत खस्यो



झापा । झापामा उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका २८६ मतदानस्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिहान १० बजेसम्म एक लाख ४२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो कुल मतदाताको २३ प्रतिशत हो । झापामा आज ६८४ पदको लागि निर्वाचन भइरहेको छ ।

झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो ।

नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ । बिहानैबाट मतदानस्थलमा मतदाताको भिड लागेको छ ।

मतदानस्थलमा मतदाताको उत्साहजनको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको झापामा ८२ प्रतिशत मत खस्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको