१५ बैशाख २०८१, शनिबार | April 27, 2024

झापाको कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी



विर्तामोड । झापाको कनकाई नगरपालिका मेयरमा पुनः नेकपा (एमाले) का तर्फबाट राजेन्द्र पोखरेल र उपमेयरमा नेपाली कांग्रेसकी आशा शिवाकोटी निर्वाचित भएका छन् ।

एमालेका पोखरेल २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पनि मेयर निर्वाचित भएका थिए। उनले आठ हजार ६७३ मत पाएका छन् ।

उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत पाए। स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए ।

यसैगरी उपमेयरमा कांग्रेसकी शिवाकोटीले १० हजार ७१३ मत पाइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँले आठ हजार ८७५ मत पाइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : १० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको