१९ बैशाख २०८३, शनिबार | May 3, 2026

सर्लाहीको धनकौलमा झडप, प्रहरीद्वारा ६ राउण्ड हवाईफायर, मतदान सुरु हुन सकेन



सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडपपछि तनाब उत्पन्न भएको छ ।
झडपलाई साम्य पार्न प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

गाउँपालिकाका वडा नं. २ मा रहेको पशुसेवा मतदान केन्द्रमा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । प्रहरीले समान्य बल प्रयोग गर्दा पनि झडपलाई साम्य पार्न नसकेपछि ६ राउण्ड हवाइ फायर नै गर्नुपरेको छ ।

मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि एकआपसमा ढुंगामुढा प्रहारपछि तनाब सुरु भएको थियो । अहिले तनाब साम्य हुने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अवस्था सामान्य बनेपछि मतदान सुरु हुने जनाइको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : २५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय