१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पाँचखालमा मतदान केन्द्र तोडफोड, तेमालमा हवाई फायर



काभ्रे । काभ्रेका आधा दर्जन मतदान केन्द्रमा मतदान चलिरहँदा तनाव उत्पन्न भएको छ । जिल्लाको पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र तिमाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको बताइएको छ ।

पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले लापरवाही गरेको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै तोडफोड गरेका छन् ।

मतदान अधिकृतले एकजनालाई दशवटासम्म मतपत्र दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुले मतदानस्थल तोडफोड गरेको पाँचखाल नगरपालिकाका निवर्तमान मेयर महेश खरेलका प्रेस संयोजक कपिल कोइरालाले जानकारी दिए ।

मतगणनास्थल तोडफोड भएपछि निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र र मतपेटिका सुरक्षित स्थानमा राखेका छन् भने मतदान रोकिएको छ । रोकिएको मतदान पुनः सुचारु गर्नका लागि सम्बन्धित दलका उम्मेदवार र प्रतिनिधिसँग छलफल भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

त्यस्तै जिल्लाकै चौरिदेउराली गाउँपालिका-६ को प्रभा मावि मतदान केन्द्रमा पनि दुई समूहबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ । अशक्त व्यक्लिे इच्छाएको व्यक्तिको सट्टा अर्कैलाई मतदान गर्न दिइएको भन्ने विवाद झडपमा परिणत भएपछि मतदान रोकिएको छ ।

काभ्रेकै तेमाल गाउँपालिका-७ को भुमेश्वर र वडा-८ को कुशेश्व माविमा पनि मतदान रोकिएको छ । उम्मेदवारका समर्थकहरुबीच झडप भएपछि मतदान रोकिएको बताइएको छ । कुशेश्वरमा भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थिति तनावपूर्ण भएपनि मतदान स्थगित भने नभएको बताएकी छन् । राजनीतिक दलसँग छलफल गरी मतदान पुनः सुचारु गर्ने प्रयत्न भइरहेको उनले बताइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : १० बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा