२३ भदौ २०८३, मंगलबार | September 8, 2026

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् ।

हालसम्म छ हजार ३२९ भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको जिल्लास्थित नापी कार्यालयले जनाएको छ । जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीनले निवेदन दिएको नापी कार्यालयका प्रमुख अशोक भुसालले जानकारी दिए । उनका अनुसार कुल निवेदनमध्ये जिल्लाका भूमिहीन सुकुमवासी ७०७ , भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी पाँच हजार ४३९ को तथ्याङ्क प्रविष्ट भइसकेको छ ।

सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको थियो ।

समितिले जिल्लास्थित सङ्घीय तथा प्रदेशका सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी छुट निवेदन माग गरिएको जनाइएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतको काम भइरहेको बताए ।

उनका अनुसार सरकारले एक हजार दिनमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्यअनुसार नै जिल्लामा पनि काम भइरहेको छ ।

विगतमा छुटेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । “विवरण सङ्कलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ, कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ”, अधिकारीले भने ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ७ : ३३ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा