१९ बैशाख २०८३, शनिबार | May 3, 2026

रुकुमपश्चिम सानीभेरी-१ र सल्यानको कुमाख-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी



सुर्खेत । रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् ।

यसैगरी सल्यानको सल्यानको कुमाख गाउँपालिका– १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।

काग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

उक्त वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने कांग्रेस, एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय