८ पुस २०८२, मंगलबार | December 23, 2025

देउवाको वडामा हारेपनि गृह पालिका गन्यापधुरा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी



डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका कांग्रेसको नियन्त्रणमा आएको छ ।

गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । देउवाको गृह वडा (१)मा भने कांग्रेस उम्मेदवार कांग्रेस वीपीका उम्मेदवारसँग् पराजित भएका थिए ।

कार्कीले ३ हजार ३८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत मात्र पाएका छन् । कांग्रेसको संस्थापन पक्षसँग असन्तुष्ट भएपछि डडेल्धुराका पूर्वपार्टी सभापति कर्णबहादुर मल्ल कांग्रेस वीपीमा प्रवेश गरेर एमालेसँग गठबन्धन गरी उम्मेदवार खडा गरेका थिए ।

सो गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाउँदा एमालेका एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ४० बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई