१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कांग्रेसले जित्यो गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर



काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ ।

शनिबार रातिसम्पन्न मतगणनामा कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थी र उपमेयर अमृतादेवी कुँवर विजयी भएका हुन् ।

कांग्रेस गुल्मी सभापति समेत रहेका पन्थीले ८ हजार ६१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र पाण्डेले ७ हजार २६२ मत ल्याएका छन्।

यस्तै, नगरपालिकाका १० वटामा कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा रेसुंगाको मेयर र उपमेयर दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : २७ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं