१२ पुस २०८२, शनिबार | December 27, 2025

हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी



सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।

रावल १८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए ।

कांग्रेस र माओवादीको गठबन्धन रहेको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।

यहाँ नेकपा एमाले र नेकपा एसबीच गठबन्धन थियो ।

वडा नम्बर १ र २ मा मा कांग्रेसका जयबहादुर शाही र चन्द्र रावल वडाध्यक्षमा निर्वाचित भएका छन् । ३ मा माओवादीका च्याँगा बोहरा निर्वाचित भए ।

४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) हुँदा ५ मा कांग्रेसका भरतजंग शाही निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : १७ बजे

प्रमुख तीन दलका शीर्ष नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह – निर्वाचन जसरी पनि सफल पारौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका