१७ बैशाख २०८१, सोमबार | April 29, 2024

घोराहीमा माओवादीका हेमराजको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि



दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाइरहेका छन् ।

शर्माले २ हजार ८८४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का नरुलाला चौधरीले भने २ हजार ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बन्नुभएका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले तीन हजार १०० मत प्राप्त गरेका छन् । एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गरेकी छिन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९ अर्थात् ६७।७६ प्रतिशत मत खसेका थियो ।

त्यसैगरी लमही नगरपालिकामा कांग्रेससले अग्रता लिएको छ । सो नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गरेका छन्। गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा कांगे्रसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र एमालेका सीता चौधरीले ४९१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ३० बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा