१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि



जुम्ला । जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन् ।

माओवादी केन्द्रका मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत पाएका छन्।

त्यस्तै एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाउँदा नेपाल मजदूर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढाले ५५२ मत पाएकी छिन् । उनको पछि रहेकी कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २८१ र एमालेकी जुनमाया बोहोराले २३९ मत पाएका छन् ।

यस गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर बस्नेत विजयी भएका छन्। उनले ३४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मिनबहादुर रावलले जानकारी दिएका छन् ।

त्यस्तै २ नं वडामा नेपाली कांग्रेसका चन्द्रबहादुर बोहोरा वडा अध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : ४१ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व