१८ श्रावण २०८३, सोमबार | August 3, 2026

महोत्तरीको बर्दिबासमा कांग्रेसका बागीको अग्रता



महोत्तरी । माओवादी केन्द्रको दवदवा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए ।

प्यानलसहित दर्ता गरेका क्षेत्री समुहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न.७, १४ र वडा न.१ मा क्षेत्री समूहको जेब्रा चिन्हवाट जित हासिल गरेको हो ।

वडा न.७ मा रामसोगारथ यादव, वडा न.८ मा भोला यादव र वडा न.१४ विजय महतो विजयी वनेका छन । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १ र१ मतले विजयी बन्दै गएका छन् ।

वडा न.१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाइ जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन भने का‌ंग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २३ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं