२८ असार २०८३, आइतबार | July 12, 2026

भरतपुरमा रेनुले बढाईन् मतान्तर सहितको अग्रता



चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् ।

८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनालई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन् ।

अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : ४० बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै