२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनीमा देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता



काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच लुम्बिनीस्थित एक होटलमा औपचारिक भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा दुई मुलुकबीच रहँदै आएको साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ क्षेत्रको खोजी गर्ने विषयमा छलफल भएको छ ।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई प्रधानमन्त्रीको भेट लगत्तै दुबै मुलुकका प्रतिनिधिमण्डबीच छलफल भएको छ ।

बुद्ध जयन्तीको अवसर पारेर मोदी एक दिवसीय भ्रमणका क्रममा आज बिहान १०:३० बजे लुम्बिनी आइपुगेका हुन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ०१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति