२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी



भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् ।

२३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए । ६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन् । ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : ५३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय