१९ आश्विन २०८३, सोमबार | October 5, 2026

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजयी



सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको हो ।

मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए ।
राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।

उपप्रमुखमा एमालेका निलकण्ड खनाल २० हजार ३६४ मत ल्याएर विजयी भए । माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाइन् ।

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा बहुमत वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा नंं. १ मा दिनेश खत्री नेपाली कांग्रेस, वडा नंं २ मा गजबहादुर बुढा एमाले, वडा नंं ३ मा विनोदसिंह विष्ट एमाले, वडा नं. ४ मा शेरबहादुर केसी एमाले, वडा नं. ५ मा लोकवहादुर शाही एमाले, वडा नं. ६ मा जनकबहादुर रावल कांग्रेस, वडा नं. ७ मा ध्रुवकुमार चपाई कांग्रेस, वडा नं. ८ मा टीकाराम शर्मा एमाले, वडा नं. ९ मा ऋषि गिरी एमाले, वडा नं. १० मा डिलबहादुर रखाल एमाले, वडा नं. ११ मा खिमलाल देवकोटा एमाले, वडा नं. १२ मा चुडामणि चपाई एमाले, वडा नं. १३ मा दीपेन्द्रराज कोइराला कांग्रेस, वडा नं. १४ मा देवबहादुर रोकाय एमाले, वडा नं. १५ मा कृष्णबहादुर थापा कांग्रेस र वडा नं. १६ मा डण्डबहादुर विश्वकर्मा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ३० बजे

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन