२३ बैशाख २०८३, बुधबार | May 7, 2026

पोखरा महानगरमा समाजवादीका आचार्यको मतान्तर बढ्दै, उपप्रमुखमा कांग्रेसकी रानाभाट



पोखरा । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना वैशाख ३१ गतेदेखि जारी छ । पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा आज साँझसम्म सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै गएका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको पनि केही मतको अग्रता छ । पोखरामा हालसम्म ५५ हजार २६७ मतगणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार आचार्यको दुई हजार ७२० मतान्तरले अघि छन् ।

आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उनका प्रत्यासी एमालेका कृष्ण थापाले २० हजार १३२ मतसहित पछ्याइरहका छन् । यसैगरी राप्रपाका शङ्कर खरालले दुई हजार ३०४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले एक हजार ३१२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसका कोपिला रानाभाट १४३ मतले अघि छन् । रानाभाटले २३ हजार १६४ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको २३ हजार २१ मत छ । राप्रपाका रञ्जना सेनले दुई हजार ९९ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १२ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले नौ वडामा जीत हासिल गरेको छ भने एमालेले तीन वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, १२, १३, २३, २४ ,२५ र २६ नं वडा जितेको छ । नेकपा९एमाले०ले वडा नं १, ५ र वडा नं ६ जितेको छ । हाल वडा नं ७, ८, ९, १४, २७, २८ र वडा नं २९ को गणना भइरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : ३० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा