१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पोखरा महानगरमा समाजवादीका आचार्यको मतान्तर बढ्दै, उपप्रमुखमा कांग्रेसकी रानाभाट



पोखरा । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना वैशाख ३१ गतेदेखि जारी छ । पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा आज साँझसम्म सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै गएका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको पनि केही मतको अग्रता छ । पोखरामा हालसम्म ५५ हजार २६७ मतगणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार आचार्यको दुई हजार ७२० मतान्तरले अघि छन् ।

आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उनका प्रत्यासी एमालेका कृष्ण थापाले २० हजार १३२ मतसहित पछ्याइरहका छन् । यसैगरी राप्रपाका शङ्कर खरालले दुई हजार ३०४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले एक हजार ३१२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसका कोपिला रानाभाट १४३ मतले अघि छन् । रानाभाटले २३ हजार १६४ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको २३ हजार २१ मत छ । राप्रपाका रञ्जना सेनले दुई हजार ९९ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १२ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले नौ वडामा जीत हासिल गरेको छ भने एमालेले तीन वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, १२, १३, २३, २४ ,२५ र २६ नं वडा जितेको छ । नेकपा९एमाले०ले वडा नं १, ५ र वडा नं ६ जितेको छ । हाल वडा नं ७, ८, ९, १४, २७, २८ र वडा नं २९ को गणना भइरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : ३० बजे

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना