२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोनाको संक्रमणबाट ५४ लाख प्रभावित, भारतमा संक्रमित झन बढ्दै



काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी झन बढ्दो छ । गएको २४ घण्टामा मात्रै झण्डै १ लाख नयाँ संक्रमित थपिएका छन् । वर्ल्ड ओ मिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्।

दक्षिण एशियामा पहिलो स्थानमा रहेको भारत विश्वभरकै संक्रमणमा पनि दिनदिनै माथि उक्लिएको छ । भारतमा २४ घण्टामा ६ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने १ हजार २६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसलाई विपक्षी डेमोक्रयाट र चीनलाई घेर्ने राजनीतिको अंग बनाएको अमेरिका कोरोनाबाट सबैभन्दा बढी पीडित बनेको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कपि पेष्ट राजनीति गर्ने ब्राजिलका राष्ट्रपति बोल्सेरानोको गलत स्वास्थ्य नीतिकै कारण दक्षिण अमेरिकी मुलुक ब्राजिल पनि कोरोना महामारीबाट नराम्रोसँग प्रभावित बनेको छ । ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ भएका छन् । २४ घण्टामा ब्राजिलमा ९ सय ६५ को मृत्यु भएकोछ ।

यस्तै, मेक्सिकोमा ४७९, बेलायतमा २८२, रुसमा १३९, इटालीमा ११९, पेरुमा १२९, क्यानाडामा १०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भने संक्रमण कम देखिएको छ ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ८ सय १३ पुगेको छ भने संक्रमितको संख्या ५४ लाखामाथि पुगेको छ । २२ लाखा ४७ हजार जति निको भएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ०५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल