२० आश्विन २०७९, बिहिबार | October 6, 2022

कोरोनाको संक्रमणबाट ५४ लाख प्रभावित, भारतमा संक्रमित झन बढ्दै



काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी झन बढ्दो छ । गएको २४ घण्टामा मात्रै झण्डै १ लाख नयाँ संक्रमित थपिएका छन् । वर्ल्ड ओ मिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्।

दक्षिण एशियामा पहिलो स्थानमा रहेको भारत विश्वभरकै संक्रमणमा पनि दिनदिनै माथि उक्लिएको छ । भारतमा २४ घण्टामा ६ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने १ हजार २६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसलाई विपक्षी डेमोक्रयाट र चीनलाई घेर्ने राजनीतिको अंग बनाएको अमेरिका कोरोनाबाट सबैभन्दा बढी पीडित बनेको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कपि पेष्ट राजनीति गर्ने ब्राजिलका राष्ट्रपति बोल्सेरानोको गलत स्वास्थ्य नीतिकै कारण दक्षिण अमेरिकी मुलुक ब्राजिल पनि कोरोना महामारीबाट नराम्रोसँग प्रभावित बनेको छ । ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ भएका छन् । २४ घण्टामा ब्राजिलमा ९ सय ६५ को मृत्यु भएकोछ ।

यस्तै, मेक्सिकोमा ४७९, बेलायतमा २८२, रुसमा १३९, इटालीमा ११९, पेरुमा १२९, क्यानाडामा १०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भने संक्रमण कम देखिएको छ ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ८ सय १३ पुगेको छ भने संक्रमितको संख्या ५४ लाखामाथि पुगेको छ । २२ लाखा ४७ हजार जति निको भएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ०५ बजे

उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?

न्युयोर्क । समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको

सन्दीप आज बिहान १० बजे काठमाडौं आइपुग्ने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन्

आज पनि टीका लगाइँदै

काठमाडौं । दशैँको टीका तथा जमरा आज पनि लगाइँदै छ

नारायणी नदीमा आएको बाढीले सतर्ककता तह पार गर्‍यो, आसपासका बस्ती जोखिममा

चितवन । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको