१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सिन्धुपाल्चोकको सबै तहको परिणाम आयो, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन



सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ ।

जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक(एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।

चौतारा साँगाचोकगढी प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नौ हजार ७२६ मत ल्याएर निर्वाचित भएकी छन् । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

बाह्रविसे प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत सात हजार ७२८ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा नेपाली कांग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित भइन् ।

मेलम्ची प्रमुखमा कांग्रेसका आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी हासिल गरिन् । नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो ।

जुगल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङ्बो पाँच हजार ५०३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ चार हजार ६८९ मत ल्याएर विजयी भए । पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।

त्रिपुरासुन्दरी अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार २२९ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकै गीताकुमारी नेपाल चार हजार १५६ मत ल्याएर विजयी भइन् ।

पाँचपोखरी थाङपाल मा माओवादी र कांग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा टासी लामा पाँच हजार ६०८ र एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएकी छन् । यहाँ अध्यक्षरउपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।

बलेफी अध्यक्षमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ चार हजार ३९४ मत ल्याएर निर्वाचित भएका छन् । यहाँ माओवादी केन्द्र र समाजवादीबीच तालमेल भएको थियो ।

भोटेकोसी अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले दुई हजार ६०५ मत ल्याए भने उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याई निर्वाचित भएका छन् ।

इन्द्रावती अध्यक्षमा एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मत ल्याएर विजयी भए । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन् ।

लिसंखुपाखर अध्यक्षमा माओवादी केन्द्रका राजु लामा तामाङ तीन हजार ९२५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३२ सय ५१ मत ल्याइन् ।

सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कान्छी लामा पाँच हजार ९०५ मत ल्याई विजयी भइन् । पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

हेलम्बु अध्यक्षमा कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी हासिल । उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई विजयी भइन् । यहाँ अध्यक्षमा पुरानै अनुहार दोहोरिएको हो ।

उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरिएको छ भने अरु नयाँ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा सुनिता अधिकारीलाई जनताले फेरि उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुशीला पाख्रिनलाई उपप्रमुखक लागि फेरि एमालेले दोहोर्‍याए पनि उनी पराजित हुनुपर्‍यो ।

लिसंखु प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मिठुदेवी लामा निर्वाचित भइन् । सुनकोसीमा एमालेका टपेन्द्र तिमल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा कांग्रेसकी कान्छी लामाले जितिन् । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउँदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भइन् । मेलम्चीमा कांग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुँदा उमा प्रधान एमालेबाट निर्वाचित भइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : १७ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल