१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

रुपन्देहीको सैनामैना मेयर गठबन्धन र उपमेयर एमालेबाट निर्वाचित



भैरहवा । रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन ।

त्यस्तै उपाध्यक्षमा उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी घोषित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।

११ वटा वडा रहेको नगरमा वडा नम्बर १ वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३ सय ९१ मत ल्याई विजयी भए ।

वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर केल ९ सय ४५ मत प्राप्त गरे, यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजार ३ सय ९६ मत ,वडा नम्बर ४ मा नेपाली कांग्रेसका राम प्रसाद अधिकारी २ हजार १ सय ८३ मतका साथ विजय भए ।

वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४ सय ६० मतले, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गोपाल पोख्रेल १ हजार ८ सय २२ मतले, वडा नम्बर ७ मा पनि कांग्रेसकै राज कुमार चौधरी १ हजार १० मतले, वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २ सय १९ मतले, वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे १ हजार १ सय ४९ मतले विजयी बनेका छन् । यस्तै वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७ सय १२ मतले र वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुसाल १ हजार ६ सय ५ मत सहित भए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ३१ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले