काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता निरन्तर बढ्दै गएको छ ।
शाहले आफ्नो प्रतिस्पिर्धीलाई१५ हजार ५६८ मतान्तरले पछि पार्दै अग्रतालाई थप मजबुद बनाएका छन् । शाहले ३३ हजार २६० मत ल्याएका छन्।
उनको पछि रहेका एमालेका केशव स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएकी छिन् । स्थापित र सिंहको मतान्तर ११३ रहेको छ।
हालसम्म १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नं. वडाको नतिजा सार्वजनिक भइसकेको छ ।



















प्रतिक्रिया