२० बैशाख २०८३, आइतबार | May 3, 2026

नगरप्रमुख गुम्दा पनि उपप्रमुखको पद जोगाउने बुटवलकी नवनिर्वाचित सावित्राको यस्तो छ राजनीतिक यात्रा



बुटवल । कांग्रेसका पुराना नेता सुर्य प्रसाद प्रधान पछि कांग्रेसलाई टाउको उठाउनै नदिएको एमालेले बुटवल र रुपन्देहीमा लज्जास्पद हार व्यहोर्न बाध्य हुँदा धेरै स्थानहरुमा उपमेयरमा चुनाव जितेर महिलाहरुले एमालेको साख बचाईदिएका छन् । अन्य स्थानहरुमा जस्तै रुपन्देहीको बुटवलमा पनि एमालेको किल्ला भत्काएर नगर प्रमुख एमालेको हातबाट गुम्दा बुटवल उपमहानगरको उप मेयरमा भने एमाले नेतृ सावित्रा अर्यालले जित हाँसिल गरेर एमालेको साख बचाइदिएकी छन् ।

पांचदलिय गठबन्धन सहित आएको गठबन्धनको शक्तिलाई पराजित गर्दै सावित्रा बुटवल उपमहानगरकी उप प्रमुख बनेकी छन् । नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी अर्यालले गठबन्धनबाट उपप्रमुखका उम्मेदवार एकिकृत समाजवादीका चिनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएकी हुन्।

उपप्रमुखमा विजयी अर्यालले २४ हजार ९ सय ४ मत ल्याउंदा, गुरुङले १६ हजार ९ सय ८० मत मात्र ल्याएका छन्। मतका आधारमा आंकलन गर्दा मेयरमा खेलराज पाण्डेले मत पाउँदा खेलराजले पाएको धेरै मत उपमेयरमा सावित्राले ल्याएको मतबाट पनि पुष्टी हुन्छ । एकीकृत समाजवादीका गुरुङले पाएका मतलाई आधार मान्दा मेयरमा खेलराजलाई मतदान गरेका धेरैले उपमेयरमा सावित्रालाई दिएको देखिन्छ ।

२०३६ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहंदै आएकी छन्। सदस्यता नपाउँदै पार्टीको भूमिगत राजनीतिमा लागेकी सावित्राको रुपन्देही, नवलपरासी र पाल्पामा तत्कालिन माले र एमाले निर्माणमा ठूलो योगदान रहेको छ । हाल नेकपा एमाले केन्द्रिय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालिन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित र २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधीको भूमिका निर्वाह गरिसकेकी छन् ।

२०६२/६३ मा भएको जनआन्दोलनकी घाईते समेत रहेकी अर्याल बुटवल महिला जेसिजबाट लेडी अफ द एयर २००८ बाट सम्मानित भएकी थिईन्। अर्यालकै सक्रियतामा बाल्यकालमा विद्यालय जान नपाएका आमाहरुका लागि महिला विद्यालय स्थापना गरि शिक्षा क्षेत्रमा अभियान चलाएकी छन्। उनको अग्रसरता र अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिलेपनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सय भन्दा बढि महिलाहरु अध्ययनरत छन्।

शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभुषित समेत भईसकेकी छन् । अर्याल शिक्षासंगै संचारक्षेत्रमा पनि निरन्तर क्रियाशिल छन्। बुटवलमा महिलाहरु मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पुर्व अध्यक्ष, रेडियो मदनपोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी अर्याल जिवराज आश्रीत स्मृति प्रतिष्ठान र मदनआश्रीत अक्षयकोषको पनि संस्थापक सदस्य छन्। बाबु नेत्रप्रसाद आचार्य र आमा दिलकुमारी आचार्यको कोखबाट पाल्पाको कुशुमखोलामा जन्मिएकी अर्याल विष्णुप्रसाद अर्यालसंग विवाह भएपछि बुटवलमा बस्दै आएकी छन्।

एक छोरा र एक छोरीकी आमा अर्यालले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्। विभिन्न सामाजिक क्षेत्रका काममा सक्रिय रहँदा बुटवलवाशीसंग नजिक रहेकी अर्यालले पाँचदलिय गठबन्धनबाट नगरप्रमुख र उपप्रमुख दुबै पदमा पुरुष उम्मेदवार भएपछि त्यसको फाईदा लिन सकिन्।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : २२ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको