३० पुस २०८२, बुधबार | January 15, 2026

१२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि



लन्डन । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी केसहरु बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ ।

अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् ।

भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् ।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरुमा फैलिएको जनाएको छ । एजेन्सी

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ११ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक