१ असार २०८३, सोमबार | June 15, 2026

पोखरा महानगरको मेयरमा गठबन्धनको निरन्तर अग्रता



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा ९एमाले० का उम्मेदवारले अग्रता लिएका छन् ।

आज बिहानसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छन् । उनकी प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ५८ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले