२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

भरतपुरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल जित नजिक



चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् ।

अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । मेयरमा माओवादी उम्मेदवार दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ ।

मेयरमा दाहालले ४३ हजार ७४३ मत पाएकी छन भने एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ८१३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार अधिकारीले ४५ हजार ७४ पाएका छन् । त्यस्तै, विपक्षी गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरुङले २६ हजार ७४९ मत पाएकी छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ५६ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा