४ पुस २०८२, शुक्रबार | December 19, 2025

भरतपुरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल जित नजिक



चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् ।

अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । मेयरमा माओवादी उम्मेदवार दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ ।

मेयरमा दाहालले ४३ हजार ७४३ मत पाएकी छन भने एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ८१३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार अधिकारीले ४५ हजार ७४ पाएका छन् । त्यस्तै, विपक्षी गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरुङले २६ हजार ७४९ मत पाएकी छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको