२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिलोत्तमा अपडेट : कांग्रेसले मतान्तर बढाउँदै अग्रता कायम, उप प्रमुखमा एमालेको जित निश्चित



बुटवल । अधिकांस पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा रुपन्देहीको तिलोत्तमामा भने एमाले र गठन्बनबाट कांग्रेसको रामाञ्चित यात्रा जारी रहेको छ । आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका मेयर पदमा उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामृष्ण खाँणले अग्रता लिएका छन् ।

शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् । तिलोत्तमाको ३६१५१ मत गणना हुँदा चापागाईंलाई ७५६ मतले पछाडि पार्दै खाँण अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार खाँणको १४१६८ मत आउँदा चापागाईंलाई १३४१२ मत प्राप्त भएको छ ।

उप प्रमुखमा भने भारी अन्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १३०५६ मत आउँदा शर्माको ६७२५ मत मात्र आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ०४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय