४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमाकी १२ वर्षीया बालिका बलात्कार गर्ने बुटवल ११ का ५९ वर्षीय पुरुष रंगेहात पक्राउ



बुटवल । आईतवार सांझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ सिमानगरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बुटवल उपमहानगर पालिका वडा नं ११ का आफन्त पर्ने ५९ वर्षीय पुरुषले तिलोत्तमा-३ सीमानगरकी ति युवतीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलात्कार गरेको प्रहरी संगको प्रारम्भिक बयानमा स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताए ।

बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलिले तत्काल बुटवल उपमहानगरपालिका-११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको थियो केसीले भने ।

उनी विरुद्ध जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको केसीले बताए ।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको