२९ भदौ २०८३, सोमबार | September 14, 2026

मतगणना नसकिँदै भरतपुर महानगरमा रेनु दाहाल विजयी



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् ।

मतगणना नसकिएको भएपनि दाहालले बनाएको फराकिलो अग्रताका कारण उनी विजयी भएकी हुन् । तर प्राविधिक रुपमा भन् मतगणनाको अन्तिम नतिजा आएपछि मात्र निर्वाचन कार्यालयले दाहाल विजयी भएको घोषणा गर्नेछ ।

दाहालले अहिलेसम्म ११ हजार ४५७ बढी मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी छिन् । जबकी, मतगणना गन्न बाँकी वडा नं. २७, २८ र २९ को कुल खसेको मत पुरै विपक्षीलाई गयो भने पनि दाहालकै अग्रता बढी रहन्छ । भरतपुरमा ११,१७३ मत मात्र गणना गर्न अझै बाँकी छ ।

दाहालले अहिलेम्म ४७ हजार ४० मत प्राप्त गरेकी छन् । नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

भरतपुरमा कूल १ लाख २७ हजार ८३९ मत खसेको थियो । जसमध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ ।

वडा नं. २७ को मतगणना गर्नुअघि प्रहरीले एमाले कार्यकर्तालाई पक्राउ गरेपछि केहीबेर मतगणना स्थगित भएको थियो । अहिले भने पुनः सुचारु भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजय भएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ५७ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला